पूर्वी र मध्य नेपालको चुरे क्षेत्रमा पाइने यो वनस्पति तराईको जंगलमा भने जलथल वाहेक अन्यत्र अभिलेख गरिएको छैन । ढिलो बढ्ने, सदाबहार, भाले र पोथी छुट्टाछुट्टै रुख हुने यो प्रजाति प्राकृतिक वासस्थानमा घट्दो छ । वासस्थान विनास र कलिला पात एवं टुप्पो काट्नाले यसको घनत्व घटेको हो ।