जलथलः संरक्षण प्राथमिकतामा परेका वनस्पतिहरू (Jalthal: Plant species prioritised for conservation)

जलथलको वन जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण र विशेष हुँदाहुदै पनि यहाँको जैविक विविधताको उचित संरक्षण हुन सकेको छैन । अध्ययनको क्रममा वन घुम्दा र सर्वेक्षण गर्दा रूखका कतिपय प्रजातिहरू एक–दुई वटा मात्र भेटिए भने कतिपय प्रजातिहरू एकदमै सानो ठाउँमा मात्र देखिए । स्थानीय वन उपभोक्ताहरूले विगत तीन–चार दशकमा कतिपय रैथाने प्रजातिका वनस्पतिहरू क्रमशः घट्दै गएको र केही प्रजातिहरू स्थानीयस्तरमा लोप नै हुने अवस्थामा पुगेको अनुभव गरेका छन् । एकातर्फ रैथाने वनस्पतिहरू घट्दो क्रममा छन् भने अर्कोतर्फ मिचाहा प्रजातिका वनस्पतिहरू भने संख्याको साथै फैलावटमा पनि निकै बढेको पाईएको छ ।

CLICK HERE TO DOWNLOAD