A comparative study of conventional and agroecological farming practices

परम्परागत र पर्यावरणीय खेती अभ्यासहरुको तुलनात्मक अध्ययन (A comparative study of conventional and agroecological farming practices)

हरित क्रान्ति कृषि प्रणालीमा आधारित कृषि ढाँचा र जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावले विश्वव्यापी रूपमा खाद्य सङ्कटको जोखिम झनै बढेको छ । यस्तो अवस्थामा यही खेती प्रणाली अपनाएर सिङ्गो खाद्य प्रणालीलाई दिगो र समावेशी बनाउन नसक्ने कुराको मननसँगै यसको विकल्पको खोजी हुन थालिसेकेको छ । यसका लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अध्ययन र अनुसन्धान भइरहेका छन् । हाल भइरहेका अध्ययन र अनुसन्धानले अहिलेको कृषि प्रणालीले निम्त्याएको सङ्कटहरूसँग जुध्न र खेती प्रणालीलाई स्वनिर्भर बनाउन पर्यावरणीय खेती प्रणाली नै उत्तम विकल्पको रूपमा प्रस्तुत गरेका छन् । नेपालको सन्दर्भमा भने यस विषयमा पर्याप्त अध्ययन र अनुसन्धान नभएको हुँदा नीति निर्माणकर्ता लगायत किसानहरू नै यसको विस्तारमा विश्वस्त हुन नसकेको अवस्था छ । तसर्थ, परम्परागत र पर्यावरणीय खेती अभ्यासको तुलना गर्दै यसका फाइदा तथा बेफाइदाहरूको दस्तावेजीकरण गरी पर्यावरणीय कृषि प्रणाली विस्तारका लागि तथ्यहरू उजागर गर्ने उद्देश्यका साथ यो अध्ययन गरिएको छ । यो अध्ययन अगुवा कृषकहरुसँगको सहकार्यमानै सम्पन्न गरिएको छ ।

Please click here for more details