विश्वको जनसंख्या ६ अरवबाट बढेर सन् २०३० सम्ममा दोब्बर (१२ अरव) हुने भविश्यवाणी जनसंख्याविद्हरूले गरेको दश वर्ष भइसकेको छ । यसको अर्थ नेपालको जनसंख्याले पनि त्यतिन्जेल पांच करोडको अंक नाघ्ने छ । दोव्वर जनसंख्यालाई खुवाउन यसवीच नेपालले खाद्यान्न उत्पादन पनि कम्तिमा दोव्वर गर्नुपर्नेछ । अहिले नै तीन करोड जनतालाई खुवाउन आफ्नो उत्पादनले नपुगेर दुई दशकदेखि खाद्यान्न आयात गर्नुपरिरहेछ । के त्यतिन्जेल पांच–छ करोड जनतालाई खान पुग्ने अन्न उत्पादन गर्न हामीहरू सफल हौंला ? यसको निम्ति हामीले कस्ता योजना वनाएका छौं ? के दश वर्ष अघि र अहिलेको अवस्थामा सुधार देखिएको छ ?
Citation: २०६७. दिगो जीवनपद्धतिका लागि कृषिको रुपान्तरण. बुकलेट. फरेष्टएक्सन नेपाल