Agriculture Education in Nepal: A Bird’s Eye View

मानिसको सबैभन्दा आधारभूत आवश्यकता हावा र पानीपछि खानेकुरा हो । ७० हजार वर्षको इतिहासमा आगोको उपयोगपछि मानिसलाई सभ्य कहलाउने पहिलो अभ्यास खेती नै होला । मानिसले यही सभ्यतालाई एक पुस्तापछि अर्को पुस्तामा हस्तान्तरण गर्दै आएको छ । सम्भवतः आत्मसुरक्षापछि मानिसले अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा सारेको महत्वपूर्ण ज्ञान पनि यही हो । मानिसलाई शिकार र कन्दमूलको अनिश्चिततासँग बाँच्ने बाध्यताबाट यही शिक्षाले अलि सान्त्वना दिएको हो । अहिले समाज विशिष्टिकृत हुँदै गएर थोरैले मात्र खेती गर्ने औद्योगिक प्रणाली विश्वको आदर्शका रूपमा स्थापित आएकोले खाना थालमा त आएको छ तर यससँग मानिसको एक किसिमको घनिष्ठता हराएको छ ।

Click here for the full publication