नेपालको सामुदायिक वन कार्यक्रम स्थानीय उपभोक्ता समूहमार्फत् वनको संरक्षण, संवद्र्धन र सदुपयोग गर्न सफल, एक उदाहरणीय कार्यक्रम हो । विगत तीन दशकदेखि यो कार्यक्रमले वन व्यवस्थापनमार्फत् उपभोक्ताहरूको वन पैदावारका आवश्यकता पूर्ति गर्दै वन संरक्षण, वनको पुनस्थापना, वनको अवस्थामा सुधार गर्नमा प्रशंसनीय कार्य गरेको छ । वन संरक्षण मात्र नभई सामुदायिक वनले विपन्नमूखी कार्यक्रम, लैङ्गिक समावेशीता, उपभोक्ता समूहको लोकतान्त्रीकरण, संस्थागत विकास र स्थानीय स्तरका विकास निर्माणका कार्यक्रमहरूमा समेत उल्लेख्य योगदान गरेको छ ।
पस्तिका पढ्न यहाँ क्लिक गर्नुहोस् । Please click here to download