Constitution Making Process, Achievement and Challenges in Nepal

नेपाल सङ्घीयतामा प्रवेश गर्नुको पछाडि लामो ऐतिहासिक पृष्ठभूमि छ । खासगरी विद्यमान राज्यसत्ताको स्वरूप र यसले निर्माण गरेको सामाजिक, आर्थिक र राजनैतिक परिवेशले नेपाली जनतालाई आमूल परिवर्तनको खाँचो महसुस  गरायो । यसैको फलस्वरूप सङ्घीयता र सङ्घीय राज्य संरचना अबको आवश्यकता हो र यसैले नै विद्यमान परम्परागत सामाजिक, आर्थिक र राजनैतिक संरचनालाई परिवर्तन गर्न सक्तछ भन्ने विश्वासका साथ सङ्घीयतालाई नेपाली जनताले स्वीकार गरेका छन् । परम्परागत सामाजिक, आर्थिक र राजनैतिक संरचना भनेर हामीले हालसम्म नेपाली समाजमा व्याप्त परिस्थितिलाई बुझ्दछौ । जसलाई हामीले खासगरी सामन्तवादको चरमस्थिति तथा परम्परागत राजतन्त्रको लामो ऐतिहासिक संयोजनमा स्थापित हुँदै आएको राज्य व्यवस्था – केन्द्रिवृmत, एकात्मक तथा निरङ्वmुश राज्यव्यवस्था आदिलाई बुझ्दछौं । यस्तो खालको राज्य संरचनामा राज्यसत्ताको बलमा आफु, आफ्ना परिवार, आफ्नो भाइभारदार, तथा आफ्नो निकट सम्झेका व्यक्तिहरूका लागि राष्ट्रिय स्रोत, साधन तथा सुविधालाई दुरूपयोग गरिदैं आयो । यही पृष्ठभूमिमा नेपाली समाजमा विभेदकारी र असमानतामा आधारित समयको संरचना निर्माण ग¥यो । र, यसलाई हामीले परम्परागत सामाजिक, आर्थिक तथा राजनैतिक संरचना भनी नामाकरण गरेका छौं ।

Citation: राई, जैलबकुमार. २०६६. नेपालमा संविधान निर्माणको प्रक्रियाः उपलब्धी तथा चुनौतिहरु. बुकलेट. फरेष्टएक्सन नेपाल

Click here for full publication