प्राकृतिक स्रोत तथा जैविक विविधताको बढ्दो विनाश कम गर्नु हामी सबैको कर्तव्य हो । सरकारले विभिन्न समयमा प्राकृतिक स्रोत तथा जैविक विविधतापूर्ण ठाउँलाई संरक्षित क्षेत्र घोषणा गरी त्यसको व्यवस्थापन गर्दै आएको छ । केही वर्षयता नेपालमा निश्चित भौगोलिक क्षेत्रलाई संरक्षित क्षेत्र (राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण क्षेत्र, वा अन्य) घोषणा गरी व्यवस्थापन गरिँदै आइएको छ । आधुनिक संरक्षित क्षेत्रका नकारात्मक प्रभावबारे विभिन्न किसिमका टीकाटिप्पणी बेलाबेलामा सुनिन थालेका छन् । संरक्षित क्षेत्र व्यवस्थापनबाट स्रोत तथा जैविक विविधताको संरक्षण हुन सकेको छ कि छैन ? संरक्षणसँगै स्थानीय समुदाय (विषेशतः आदिवासी तथा बहिष्करणमा पारिएका समुदाय) हरूको परम्परागत तथा दैनिक जीविकोपार्जनमा के कस्तो प्रभाव (सकारात्मक÷ नकारात्मक) परेको छ ? अब कस्तो खालको संरक्षणको नीति अवलम्बन गर्न उचित हुन्छ ? यी र यस्तै प्रश्नको समाधानमा यो पुस्तिक केन्द्रित छ ।
Citation: Rai. J.K. 2011. Democratization of Protected Areas Management in Nepal: Identification and Empowerment of Indigenous and Community Conserved Areas. ForestAction Nepal. Kathmandu.