उत्थानशील तथा न्यायोचित वन परिदृश्यको पुनस्र्थापना र प्रवद्र्धन

यो परियोजनाले क्षयीकरण भएका वन परिदृश्यको पुनस्र्थापना गर्नु एक प्राविधिक, सामाजिक र राजनीतिक प्रक्रिया हो भन्ने मान्यता राख्दछ । यसर्थ, यसले पुनस्र्थापनाको योजना बनाउने देखि कार्यान्वयन गर्ने सम्म विविध सरोकारवालाहरूको सक्रिय संलग्नतालाई प्राथमिकता दिन्छ । यो परियोजनाले अनुसन्धानको अवधारणा विकास गर्ने देखि रणनीति तयारी र क्षमता अभिवृद्धिसम्मका कार्य सम्पन्न गर्न सहभागितामूलक विधिहरू अवलम्बन गर्नेछ ।