वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरणः चुनौती र भावी कार्यदिशा (Economic Empowerment of Women through Forest Enterprises: Challenges and Future Pathway)

वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरणः चुनौती र भावी कार्यदिशा (Economic Empowerment of Women through Forest Enterprises: Challenges and Future Pathway)

 

नेपालमा उद्यम व्यवशायको इतिहासलाई केलाउँदा वि.स. १९९६ सालमा नेपाली कपडा र घरेलु इलमबाट सुरु भएको पाइन्छ । औद्योगिक नीति २०४९ ले नेपालमा औद्योगिककरणको गतिलाई तीव्रता ल्याउन घरेलु तथा साना उद्योगको विकासलाई उच्च प्राथमिकता दिई दिगो औद्योगिक प्रवद्र्धनको लागि औद्योगिक नीति २०६७ कार्यान्वयमा रहेको छ भने मिति २०७६। १०। २८ देखि औद्योगिक व्यवशाय ऐन २०७३ लाई प्रतिस्थापन गरी औद्योगिक व्यवशाय ऐन २०७६ लागु भएको छ । आर्थिक बर्ष २०७९/०८० सम्मको तथ्यांक हेर्दा नेपालमा वन तथा कृषिजन्य १,९३,७६६ उद्योगहरू दर्ता भएका छन् (नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभाग त्रिपुरेश्वर, लघु, घरेलु तथा साना उद्योग तथ्यांक शाखा २०७९/०८०) ।

वन स्रोतमा आधारित उद्यमको माध्यमबाट समाजका दलित, विपन्न, एकल महिलाहरूको कसरी आर्थिक सशक्तीकरण हुन सक्छ भन्ने मूल प्रश्नलाई आधार वनाएर नवलपरासी र सिन्धुपाल्चोक जिल्लाको ४ वटा पालिका भित्र १२ प्रजातीका १८ वटा वन उद्यमको माध्यमबाट प्रत्यक्षरुपमा १४६ र अप्रत्यक्ष रुपमा गरिव ३०० जना महिलाहरूको आर्थिक सशक्तीकरणमा टेवा पुगेको छ । महिला उद्यमी र विभिन्न सरोकारवालहरूसँग २ बर्ष ६ महिनासम्म गरिएको कार्य अनुसन्धानबाट आएको सिकाईको आधारमा यो नीति बसह पत्र (Policy Brief) तयार गरिएको छ ।

Click here for more details Bhandari, K. 2024. Economic Empowerment of Women through Forest Enterprises: Challenges and Future Pathway.  Policy Brief No. 49. Kathmandu: ForestAction Nepal.