वनमा आधारित महिला उद्यम: नीतिगत अवसर, चुनौती र भावी कार्यदिशा (Economic Empowerment of Women through Forest Enterprises: Opportunities, Challenges and Future Pathway)

वनमा आधारित महिला उद्यम: नीतिगत अवसर, चुनौती र भावी कार्यदिशा

Economic Empowerment of Women through Forest Enterprises: Opportunities, Challenges and Future Pathway

वनस्रोतमा आधारित साना तथा मझौला उद्यमहरूले नेपालको ग्रामिण तथा शहरीक्षेत्रको रोजगारी र आम्दानीमा ठूलो भूमिका खेलेको पाइन्छ । यस्ता उद्यमहरूबाट स्थानीय कच्चा पदार्थको सदुपयोगका साथै रोजगारीको सिर्जनाभई स्थानीय अर्थतन्त्रलाई वलियो वनाउने प्रसस्त अवसरहरू छन् । हाल नेपालमा ४४.७४ प्रतिशत वन क्षेत्रले ढाकेको छ (वन विभाग २०८१) । यति धेरै वन क्षेत्र भित्र सामुदायिक वन, नीजि वन, सरकारी वन, धार्मिक वन, कवुलियति वन, साझेदारी वन, सरकारद्धारा व्यवस्थित वन क्षेत्रबाट जहाँ जुन स्रोतको उपलव्धता छ, सोही स्रोतमा आधारित, समुदायको परम्परागत सीप र क्षमताका आधारमा वन उद्यमसंचालन गर्न सकिने देखिन्छ । यस्ता वन स्रोतको सदुपयोग गरी  ना तथा मझौला उद्यम संचालन गर्न के कस्ता नीतिगत अवसर रहेका छन साथै यस्ता उद्यमहरूको भावि कार्यदिशा कस्तो हुने भन्ने वारेमा सिन्धुपाल्चोक र नवलपरासी जिल्लाका महिला उद्यमीहरूले संचालन गरेका वन उद्यमहरूको विश्लेषण गरी यो नीति सन्देश (Policy Brief) तयार गरिएको छ ।