समुदायमा आधारित वन डढेलो व्यवस्थापन कार्यक्रम (Fostering community-led forest fire management in high altitude regions of Nepal)

पारिस्थितिकीय प्रणाली र जैविक विविधताको धनी नेपालका उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तन र मानव सिर्जित क्रियाकलापहरूका कारण वन डढेलोका चुनौतीहरू बढ्दै गएका छन् । विगत केही वर्षदेखि डढेलोको मात्रा र तीव्रतामा बढोत्तरी हुँदा जैविक विविधतामा उल्लेखनीय ह्रास, आर्थिक क्षति, मानव जीवनमा जोखिमका साथै परम्परागत जीविकोपार्जनका आधार र पर्यटन क्षेत्रमा गम्भीर असरहरू परेका छन् ।

यी चुनौतीहरू सम्बोधन गर्न अस्ट्रेलियन हिमालयन फाउन्डेसन र फरेष्टएक्सन नेपालको सहकार्यमा समुदायमा आधारित वन डढेलो व्यवस्थापन परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । फरेष्टएक्सन नेपालले विगत दुई दशकदेखि प्राकृतिक स्रोतको क्षेत्रमा हासिल गरेकोे विज्ञता र अस्ट्रेलियन हिमालयन फाउन्डेसनले नेपालको वन क्षेत्रमा गरेका सहकार्यको आधारमा यो कार्यक्रमले वन सम्वद्र्धनका अभ्यासहरू, समुदायको परिचालन र क्षमता अभिवृद्धि गरी वन डढेलोको जोखिम न्यूनीकरणका एकीकृत क्रियाकलापहरू सञ्चालन गरिएको छ । कार्यक्रमले स्थानीय ज्ञानलाई अनुसन्धान र नीति निर्माण तहसँग जोडेर पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने, समुदायको सम्भावित जोखिम बहन गर्ने क्षमता बढाउने र उच्च पहाडी क्षेत्रका वनमा आश्रित समुदायको जीविकोपार्जनमा सुधार गर्ने लक्ष्य राखेको छ ।