२०८१– १९ (१) वनमा आधारित उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण (Economic Empowerment of Women through Forest Solutions)

Special Issue on Economic Empowerment of Women through Forest Solutions

वन स्रोतमा आधारित भएर महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने मूल उद्देश्य सहित विगत तीन वर्षदेखि नवलपरासी जिल्लाको देवचुली नगरपालिका र गैडाकोट नगरपालिका तथा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा महिलाहरूको नेतृत्वमा वनमा आधारित करिब डेढ दर्जन उद्यमहरूको स्थापना तथा संचालनमा प्राविधिक सहयोग वन स्रोतमा आधारित महिलाको आर्थिक सशक्तीकरण परियोजनाले पुर्याउँदै आएको छ । यसै कार्यको सिलसिलामा भएको अध्ययन, अनुसन्धान तथा अनुभवहरू समेटेर हाम्रो वन सम्पदाको यो अङ्क वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण विशेषाङ्क प्रकाशन गरिएको छ । वनमा आधारित महिला उद्यम समेटिने गरी केही प्रतिनिधि तस्विरहरू पनि समावेश गरिएका छन् । यस विशेषाङ्क प्रकाशनको क्रममा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने साझेदार संघ संस्था, समुदाय, स्थानीय सरकार र सरोकारवालाहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।  सदाझैँ प्रिय पाठकहरूको नियमित पृष्ठपोषणले आगामी अङ्कहरू थप परिष्कृत गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं ।

उषा ठकुरी र सृजना बराल । २०८१ । सामुदायिक वन कार्ययोजनामा महिला संवेदनशीलता समावेशको थालनी । हाम्रो वन सम्पदा १९ (१), १–११

कञ्चन लामा । २०८१ । वन स्रोतमा आधारित महिला उद्यमी र मेरो अनुभव । हाम्रो वन सम्पदा १९ (१), १२–१६

रेशमबहादुर डाँगी । २०८१ । राष्ट्रिय अर्थतन्त्रमा वनको योगदानः वर्तमान अभ्यास र विकल्पहरूको समीक्षा । हाम्रो वन सम्पदा १९ (१), १७–२५

कमल प्रसाद भण्डारी । २०८१ । वनमा आधारित महिला उद्यम र स्रोत माथिको संघर्ष । हाम्रो वन सम्पदा १९ (१), २६–३१

गंगा न्यौपाने । २०८१ । पारिवारिक निजी वन र महिलाको आर्थिक सशक्तीकरण । हाम्रो वन सम्पदा १९ (१), ३२–३५

आरती खत्री र शारदा तिवारी । २०८१ । लैङ्गिकमैत्री प्रविधिः महिला उद्यमशीलताको आधार । हाम्रो वन सम्पदा १९ (१), ३६–३९

उषा ठकुरी । । २०८१ । महिला नेतृत्वमा जलवायु अनुकूलनका प्रयासहरू । हाम्रो वन सम्पदा १९ (१), ४०–४६

कमल भण्डारी र सावित्रा घिमिरे । २०८१ । महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि उद्यम: सम्भावना र चुनौतीहरू । हाम्रो वन सम्पदा १९ (१), ४७–५०

शारदा तिवारी र आरती खत्री । २०८१ । सिकाइ यात्राः महिला उद्यमशीलताको आधार । हाम्रो वन सम्पदा १९ (१), ५१–५५

सेविका देवकोटा । २०८१ । महिला उद्यमीका उत्प्रेरक कथाहरू । हाम्रो वन सम्पदा १९ (१), ५६–६८

रोजिता वस्ती । २०८१ । महिला काष्ठ उद्यमी हुँदै महासंघसम्म मेरो यात्रा । हाम्रो वन सम्पदा १९ (१), ५९–६१

वनमा आधारित महिला उद्यमका केही प्रतिनिधि तस्बिरहरू

पुरा अङ्क