Local level impact of climate change in Nepal: A study compilation. Help book for facilitator

विश्वव्यापी रूपमा जलवायु परिवर्तनका प्रत्यक्ष एवं परोक्ष असर बढ्दै गएकोले जलवायु परिवर्तन एउटा जटिल समस्याको रूपमा देखिंदैछ । यो समस्या समाधान गर्नका लागि संसारभर नै मानिसहरु लागिपरिरहेका छन् । नेपालमा पनि जलवायु परिवर्तन र यसले हाम्रो वातावरण, समाज र अर्थतन्त्रमा पारेका प्रभाव तथा समाधानका लागि के गर्न सकिएला भन्ने विषयमा छलफलहरु नभएका होइनन् । तर त्यस्ता छलफललाई सार्थक बनाउनको लागि आवश्यक पर्ने तथ्य, प्रमाण तथा विष्लेषणहरु पर्याप्त छैनन् । स्थानीयस्तरमा जलवायु परिवर्तनका असरबारे अध्ययनहरुको कमी छ । विगतमा भएका घटना पनि लिपिबद्ध भएका छैनन् र भएका अध्ययनअनुसन्धानका नतिजा पनि सहज रूपमा उपलब्ध छैनन् । उपलब्ध हुने अध्ययन सामग्रीहरु पनि प्रायः अंग्रेजीमा तयार गरिने हुनाले समुदायस्तरसम्म पु¥याउन सकिएको छैन । यसकारण जलवायु परिवर्तनका वातावरणीय, सामाजिक र आर्थिक क्षेत्रमा परेका प्रभावको अध्ययनअनुसन्धान गर्न र त्यसमा जनस्तरको पहुँच स्थापना गर्न अत्यावश्यक भएको छ ।

Citation: Adhikari, Mina. 2013. Local level impact of climate change in Nepal: A study compilation. Help book for facilitator. ForestAction.

Click here for the full publication