National Reconstruction and Management of Natural Resources: Analysis of Peoples Discussion

विगत दुई वर्षभित्र नयाँ संविधानका विषयमा धेरै प्रकारका विषयगत वहसहरू भएका छन् । नेपालमा प्रकाशित विभिन्न पत्रपत्रिकाहरूमा यस्ता वहसहरू निरन्तर रूपमा आइरहेको छ । जसमध्ये संघीयतामा प्राकृतिक स्रोतको व्यवस्थापन एक महत्वपूर्ण वहसको विषय बनेको छ । यस विषयमा थुप्रै प्रकारका शैद्धान्तिक, व्यवहारिक तथा नितीगत वहसहरू उठेका छन् । यो विषय नयाँ नेपाल संरचनाको लागि महत्वपूर्ण र गम्भिर भएको कुरा सर्वस्विकार्य छ । यस सन्दर्भमा नयाँ संविधान निर्माण प्रकृयामा प्राकृतिक स्रोतहरूको दिगो तथा उचित व्यवस्थापन र उपयोग, र नागरिकहरूको पहुँच तथा अधिकारका साथै अन्य थुप्रै खालका विषयगत वहसहरू उठेका छन् । नयाँ नेपालको संरचना निर्माण गर्नु भनेको विकास तथा परिवर्तनको एउटा महत्वपूर्ण कोषेढुंगा पनि हो । जसका लागि जल, जमिन, जंगल, खनिज पदार्थ जस्ता प्राकृतिक स्रोतहरूमाथि जनताको पहुँच तथा व्यवस्थापकीय अधिकारको नयाँ संरचना तयार पार्नु हो ।

Citation: राई, जैलबकुमार. २०६६. राज्यको पुनर्संरचना र प्राकृतिक स्रोत व्यवस्थापनः नागरिक बहसको विश्लेषण. बुकलेट. फरेष्टएक्सन नेपाल

Click here for full publication