बदलिँदो परिवेशमा खाद्यसुरक्षा र विकासका प्राथमिकताः स्थानीय दृष्टिकोण

नेपालमा योजनाबद्ध विकासको थालनी भएको छ दशक बितिसकेको छ । विकासका सूचक हेर्दा यस अवधिमा नेपालले केही मात्रामा प्रगति गरे पनि उल्लेख्य प्रगति गर्न सकेको छैन । उदाहरणका लागि सन् १९९० मा ०.३७८ रहेको मानव विकास सूचकाङ्क ९ज्म्क्ष्० सन् २०१८ मा ०.५७९ पुगेको छ । पर्याप्त उर्वर कृषिभूमि, अपार जलस्रोत र वनजङ्गल जस्ता प्राकृतिक स्रोत हुँदाहुँदै पनि कुल ग्राहस्थ उत्पादनको हिसाबले नेपाल विश्वका १९५ देशमध्ये १०१ औँ स्थानमा पर्छ । सन् १९९५ मा ४२ प्रतिशत रहेको गरिबी घटेर हाल १८.७ प्रतिशत पुगेको छ । तथ्याङ्कले गरिबी घटेको देखाए पनि धनी र गरिबबीचको खाडल बढिरहेको छ र भएगरेका विकासका प्रतिफल पनि सहर तथा ग्रामीण क्षेत्र, विभिन्न सामाजिक वर्ग र सबैखाले भौगोलिक क्षेत्रमा समान रूपमा पुग्न सकेका छैनन् ।

Click here for the full publication