2077 – विशेषाङ्क: कोभिड–१९ र प्राकृतिक स्रोत व्यवस्थापनका

“हाम्रो वन सम्पदा” को यस अंकलाई कोभिड–१९ र प्राकृतिक स्रोत व्यवस्थापनका विशेषांकको रूपमा प्रकाशन गरेका छौँ । यस अंकमा प्राकृति स्रोतमा कोभिडको असरबारे फिल्ड अनुसन्धान गरेर ल्याउन सक्ने अवस्था नरहेको हुँदा समावेश गरिएका लेखरचनाहरु वन तथा कृषि क्षेत्रमा लामो समयदेखि अध्ययन तथा अनुसन्धान, छलफल तथा अन्तक्र्रिया र नीतिगत पैरवीमा संलग्न व्यक्तिको ज्ञान, सीप, अनुभव, विचार तथा विभिन्न माध्यमबाट उपलब्ध तथ्य र तथ्यांकका आधारमा लेखिएका हुन् । यसमा राखिएका लेख रचनाले कोभिड र यसले प्राकृतिक स्रोतमा पारेको असर तथा यस्तै महामारी आएको खण्डमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केही योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

 

सारदा थापा र जीवन शाही । २०७७ । रसायन तथा विषादीरहित खेतीपाती प्रवद्र्धनः प्रविधि परीक्षण । हाम्रो वन सम्पदा १७ (२), १–९ ।

सिन्द्रेला देवान र कृष्णप्रसाद पौडेल । २०७७ । कोभिड–१९: खाना र खेतीपातीको विवेक फर्किने लहर । हाम्रो वन सम्पदा १७ (२), १०–१६ ।

भारती पाठक, दिलराज खनाल, सीता अर्याल र तुलसीप्रसाद अधिकार । २०७७ । कोभिड–१९ महामारी र बन्दाबन्दीमा बेरोजगार र विपन्न परिवारका लागि सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक वनको योगदान । हाम्रो वन सम्पदा १७ (२), १७–२४ ।

हरिप्रसाद पाण्डे, नारायणप्रसाद पोख्रेल र राजु गुरुङ्ग । २०७७ । कोरोनाको कहरमा रुमल्लिएको नेपालको वन क्षेत्र । हाम्रो वन सम्पदा १७ (२), २५–३३ ।

सुजाता तामाङ, सिन्द्रेला देवान र कृष्णप्रसाद पौडेल । २०७७ । कोभिड–१९ पछिको खाना र खेतीपाती । हाम्रो वन सम्पदा १७ (२), ३४–४३ ।

रूपा चापागाई, श्याम भण्डारी र विष्णुहरि पण्डित । २०७७ । कोभिड–१९ को महामारीसँगै स्वदेश फर्किएका युवाको लागि कृषि वनमा अवसर । हाम्रो वन सम्पदा १७ (२), ४४–५२ ।

स्वयम्भूमान अमात्य, श्याम भण्डारी । २०७७ । कोभिड–१९ को चपेटामा हाम्रो वन सम्पदा । हाम्रो वन सम्पदा १७ (२), ५३–५८ ।

खेमराज दाहाल । २०७७ ।कोरोनाको कहरः नेपाली कृषिमा समृद्धिको रहर । हाम्रो वन सम्पदा १७ (२), ५९–६७ ।

लक्ष्मण कुँवर र पदम प्रकाश जैशी । २०७७ । जलवायु परिवर्तन न्यूनीकरण तथा दिगो विकासका लागि सामुदायिक वनको भूमिका र कोभिडले पारेको असर । हाम्रो वन सम्पदा १७ (२), ६७–७४ ।

हाम्रो वन सम्पदा, १७ (२), पुरा अङ्क