Roadmap of Nepalese Agriculture: Outlined in Periodic Plans and Programs (Draft)

आवधिक योजना तथा बजेटले देखाएको कृषिको मार्गचित्र, २०८१ (मस्यौदा)

यो समीक्षा पत्रमा सरकारले प्रस्तुत गरेको सोह्रौँ आवधिक योजना साथै आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम र बजेटमा दिगो कृषि अपनाउन गरिएका प्रस्तावहरूको छोटो समीक्षा तथा टिप्पणी प्रस्तुत गरिएको छ । लिखित योजना बनाउन थालेको झण्डै नौ दशक पछि, हालै मन्त्रिपरिषद्बाट सोह्रौ आवधिक योजना पारित भएको छ । सरकारले यिनै आवधिक योजनामा आधारित रहेर प्रत्येक वर्ष नीति, कार्यक्रम र बजेट बनाउने गर्छ । मुलत, आवधिक योजनाहरूले नेपालको कृषि क्षेत्रको विकासका लागि निर्माण हुने सरकारी नीति, कार्यक्रम र बजेटलाई दिशानिर्देश प्रदान गर्दछन् । यही सोहौँ योजनामा आधारित रहेर यस वर्षको नीति, कार्यक्रम र बजेट बनेको छ । यस परिवेशमा, प्रस्तुत गरिएका दस्तावेजमा आधारित भएर यो समीक्षा पत्र तयार गरिएको हो ।