The Role of Indigenous Peoples and Community Conserved Areas (ICCA) in Nepal’s Biodiversity Conservation

राज्यले घोषणा गरी संरक्षण तथा व्यवस्थापन गरेको क्षेत्रलाई आधुनिक संरक्षित क्षेत्र भन्ने गरिएको छ । यो अवधारणा तथा अभ्यासले सुरुवातमा जैविक विविधताको संरक्षणमा सांस्कृतिक विविधताको महत्व तथा भूमिकालाई पहिचान गरी कानूनी मान्यता प्रदान गर्न सकेको थिएन । तर जैविक विविधता संरक्षणको विषयमा विगत दुई दशकदेखि सुरु भएको बहसले हाल आएर सांस्कृतिक विविधता र जैविक विविधता एकआपसमा अन्तर्सम्बन्धित हुन्छन् भन्ने कुरालाई स्थापित गरेको छ । आधुनिक संरक्षित क्षेत्रहरूको आलोचना, अवधारणा तथा अभ्यासमा भएका यिनै कमी कमजोरीहरूका कारण “आदिवासी जनजाति तथा स्थानीय समुदायद्वारा संरक्षित क्षेत्र (अबदेखि आइसीसीए) Indigenous and Community Conserved Area-ICCAS) भन्ने अवधारणाको जन्म भएको छ । यस अवधारणाले जैविक विविधताको संरक्षण आदिवासी जनजाति तथा स्थानीय समुदायहरूले परम्परागत तथा प्रथाजन्य मूल्य–मान्यता, तथा अभ्यासका माध्यमबाट युगौँँंदेखि गर्दै आएका छन् भन्ने विषय स्थापित गरेको छ । हाल यो अवधारणा विश्वका संरक्षणविद्हरूका लागि बहस तथा छलफलको विषय बनेको छ ।

Click the below citation for the full document

Citation: Rai, J.K., 2013. The Role of Indigenous Peoples and Community Conserved Areas (ICCA) in Nepal’s Biodiversity Conservation. ForestAction Nepal, Kathmandu.