हिडाई तालिमकाे लागि आव्हान

हिडाई तालिमकाे लागि आव्हान

अहिले हाम्रो सामाजिक, सांस्कृतिक, राजनैतिक तथा आर्थिक अवस्थामा व्यापक फेरबदल आएको छ । यो कुरा हामी समाजका विभिन्न तह र सामाजिक सञ्जालमा उठाइने हजारांै प्रश्नहरुबाट पनि थाहा पाउन सक्छौं । तर, यिनको सम्बोधन गर्न आवश्यक विश्लेषण गर्ने क्षमता र आलोचनात्मक चेत दुवै पर्याप्त छैन । खासगरी, हाम्रो सामान्य ज्ञान र शिक्षा पद्धतीले व्यवहारिक अभ्यासहरूबाट सिक्न प्रोत्साहित गर्न सकाको छैन । विद्यालय र विश्वविद्यालयहरूले नविनतम खोज , सिर्जनशीलता र सामाजिक जिम्मेवारी बोध भएका दृढ र जुजारु विद्यार्थी तयार गर्न सकेका छैनन् । यसले हामीलाई पुराना र असान्दार्भिक बन्दै गएका विचारको घेरा भन्दा बाहिर निस्केर भविष्यमूखी हुनबाट बञ्चित गरिरहेको छ । फलस्वरूप हामी धेरैले आफैंलाई र अन्यलार्ई प्रश्न सोध्ने वा जिज्ञासा राख्ने आँट समेत गुमाउँदै गइरहेका छौँ ।

हामी र हाम्रो समाज व्यक्तिवादी, बजारमूखि, र पैसामूखि बन्दै गएको छ । यसले हाम्रो बीच सामुदायिकता र सहकार्य खलबलिँदै गएको छ । अहिले पैसा सबैथोक भन्ने सोचाई हाबी भईरहेको छ । यसले गर्दा मानव, समाज, प्रकृति र स्वास्थ्य अवस्थाबारे उदासीनता बढ्दै गएको छ । यी चुनौतीको सामना गर्न हामीलाई वर्तमान पद्धति र विचारभन्दा उन्नत रुपान्तरणमूखि सिकाइको खाँचो छ । यो त्यतिखेर मात्र सम्भव हुन्छ जतिखेर हामी अहिलेको पद्धति, विचार र यस्तो विचार राख्ने सबैका विचार विरुद्धमा आलोचनात्मक हुन तयार हुन्छौँ । अन्य कुरासँगै अहिले खाना, खेतीपाती र पर्यावरण सबैभन्दा संकटमा छ । हाम्रो वरिपरिको वातावरण दिन प्रतिदिन बिग्रदो छ । हामीले खाने खानेकुरा झनै बिग्रदो छ । रसायन तथा विषादीको प्रयोग दिन प्रतिदिन बढ्दो छ । रसायन र विषादी विना उत्पादननै हुदैन भन्ने सोच बढेको छ ।

यस अर्थमा यो तालिम खाना, खेतीपाती र पर्यावरणको सवालमा दिर्शानिर्देश, पुर्नताजकी र फर्केर हेर्ने समिक्षात्मक ज्ञान, सिप तथा अवधारणा निर्माण गर्ने तयार गरिएको हो । खासगरी, यो तालिमले खाना, खेतीपाती र पर्यावरणका आधारभूत सवालहरूलाई फर्केर हेर्न, किसानहरुका व्यवहारिक अभ्यासबाट सिक्न र उनीहरूले गरेका असल अभ्यासहरूबाट उत्प्रेरित हुन सहभागीहरूलाई मद्दत गर्दछ ।

हिडाई तालिम बारे विस्तृत जानकारीको यहाँ  थिच्नुहोस् ।

हिडाई तालिमको आवेदन फारामको लागि यहाँ थिच्नुहोस् ।