
वृक्षारोपण लामो समयदेखि वन पुनस्र्थापनाको एउटा महत्वपूर्ण कार्य भए तापनि वृक्षारोपण सम्बन्धी सैद्धान्तिक र व्यावहारिक खाका स्पष्ट नहुँदा वृक्षारोपण कार्यक्रम प्रजाति र पारिस्थितिकीबाट सुसूचित हुन सकेको छैन । प्राकृतिक वनमा बाह्य वनस्पति रोपिँदा स्थानीय आवश्यकता र जैविक विविधतामा प्रतिकूल असरसमेत पुगेको देख्न सकिन्छ । वृक्षारोपण अभियानहरूमा हाम्रो रैथाने वनस्पतिको सानो हिस्सा मात्र उपयोग गरिएको छ । थुप्रै महत्वपूर्ण वनस्पति र तीसँग सम्बन्धित ज्ञान वृक्षारोपणमा समेट्न सकिएको छैन । तसर्थ, हाम्रो रैथाने वनस्पतिको विविधता र स्थानीय ज्ञानलाई वृक्षारोपणमा प्रयोग गर्नुपर्ने टड्कारो आवश्यकता छ । यससँगै, स्थान विशेष अनुसार प्रजाति छनोट गरी उपयुक्त स्थानमा उपयुक्त रैथाने प्रजातिको प्रवद्र्धन गर्दै वृक्षारोपणको दायरा फराकिलो बनाई प्रकृति, जलवायु र जीविकोपार्जनमा योगदान पुर्याउनु आजको आवश्यकता हो ।