नेपालको खेती प्रणाली र यसको प्रर्वद्धन मुलतः हरित क्रान्ति कृषिका मापदण्डमा आधारित छ । अर्को अर्थमा रसायन र विषादीमा आधारित छ । यसले समग्र खानेकुरा विषाक्त भएको छ । नेपाल सरकारले प्रत्येक वर्ष रसायनिक मल आयातका लागि ठूलो बजेट छुट्याउने गर्दछ । आर्थिक वर्ष २०७९÷८० मा ४०.७ अर्बको रसायनिक मल र ११३५ टन विषादी आयात भएको छ । यो नै सबैभन्दा धेरै रसायनिक मल आयात गर्न गरिएको खर्च हो । २०८०÷८१ मा पनि सरकारले मल खरिद र वितरणको लागि ३० अर्ब रुपैयाँ छुट्टाएको छ । आ.व. २०६७÷६८ देखि आ.व. २०७९÷८० को अवधीमा रसायनिक मलको आयात ६.५ गुणाले बढेको छ । प्रत्येक वर्ष १० देखि २० प्रतिशतले विषादीको प्रयोग बढीरहेको देखिन्छ । यी रसायन र विषादीको प्रभावले माटो र मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको छ ।
पुर्णपाठको लागि यहाँ क्लिक गर्नुहोला । CLICK HERE TO DOWNLOAD