कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित कृषि विकास रणनीतिको समीक्षा कार्यक्रममा खाद्यका लागि कृषि अभियानले विद्यमान कृषि रणनीति नेपालको कृषि र किसानमैत्री नभएको भन्दै पुुनर्लेखनको माग गरेको हो । अभियानतर्फबाट डा. कृष्णप्रसाद पौडेलले वर्तमान रणनीतिको मूल अवधारणा नै कमजोर भएको भन्दै पुनर्लेखनको विकल्प नभएको बताउनुभयो ।
खाद्यका लागि कृषि अभियानकाे तर्फबाट प्रस्ताव प्रस्तुत गर्दै कृषि विज्ञ डा. कृष्ण प्रसाद पाैडेलले रणनीतिकाे मुख्य उद्देश्य कुल संसाधन उत्पादनकाे अवधारण नै गलत भएकाे बताउँदै त्यसै अवधारणा आधारित कृषि विकास रणनीति यसकाे निर्माणसँगै असफल भएकाे बताए
खाद्यका लागि कृषि अभियान र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट(अनाज) को संयुक्त आयोजनामा गरिएको कृषिको समाकालिन अवस्था माथि पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाले मुलुकमा भएको बढ्दो आयात र कृषिजन्य उपजको उत्पादनमा भएको कमीले गर्दा देशमा आर्थिक संकट पनि बढ्दै गएको बताएका हुन्
खाद्यका लागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज)ले आयोजना गरेको कृषि नीति तथा कार्यक्रम कार्यन्वयनको चुनौती विषयमा अन्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले कृषिजन्य भूमि स्थानीय तहमा बढी रहेको तर केन्द्र सरकारले समन्वय नगर्दा समग्र कृषि क्षेत्रको विकास नभएको बताएका हुन् ।
सरकारले कृषिलाई उच्च प्राथमिकता दिएको दाबी गर्दै आए पनि कृषि बजेट भने घटाउँदै गएको भन्दै यथास्थितिमा कृषि क्षेत्रले गति लिन नसक्ने सरोकारवालाले बताएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ लागि विनियोजित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटबाट कृषि क्षेत्रमा थप उपलब्धिको अपेक्षा गर्नु व्यर्थ हुने उनीहरूको भनाइ थियो ।
केन्द्र सरकारले स्थानीयतहसँग कृषि क्षेत्रमा समन्वय गरेर अघि नबढ्दा समग्र कृषिक्षेत्र पछि परेको सरोकारवालाको भनाइ छ । सोमवार खाद्यकालागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज)ले आयोजना गरेको कृषि नीति तथा कार्यक्रम कार्यन्वयनको चुनौति विषयमा अन्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले कृषिजन्य भूमि स्थानीय तहमा बढी रहेको तर केन्द्र सरकारले समन्वय नगर्दा समग्र कृषि क्षेत्रको विकास नभएको बताएका हुन् ।
स्थानीय सरकारलाई केन्द्रबाट पर्याप्त सहयोग नदिँदा कृषि क्षेत्रले फड्को मार्न नसकेको गुनासो
छलफल कार्यक्रममा कृषि तथा प्राकृतिक स्रोत समितिका सदस्य रुपज्योती चौधरीले किसानहरुलाई अनुदान भन्दा पनि बजारीकरण गरिदिनुपर्ने कुरामा जोड दिइन् । उनले विना धितो ऋण कसरी उपलब्ध गराउने भन्ने विषयमा जोडदिनु पर्ने पनि बताइन् ।
काठमाडौं असार ३१ खाद्यका लागि कृषि अभियान र कृषि पत्रकार संघको आयोजनामा ‘कृषि नीति तथा कार्यक्रम कार्यन्वयनको चुनौंती’ विषयक एक दिने छलपल कार्यक्रम सम्पन्न भएको छ ।छलफल कार्यक्रममा कृषि तथा प्राकृतिक स्रोत समितिका सदस्य रुपज्योती चौधरीले किसानहरुलाई अनुदान भन्दा पनि बजारीकरण गरिदिनुपर्ने कुरामा जोड दिइन् ।
कृषि नीति तथा कार्यक्रम कार्यन्वयनको चुनौति विषयमा अन्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले कृषिजन्य भूमि स्थानीय तहमा बढी रहेको तर केन्द्र सरकारले समन्वय नगर्दा समग्र कृषि क्षेत्रको विकास नभएको बताएका हुन् ।
