Newspaper

वृक्षरोपणको नालीबेली स् परिणाम र पुनस्र्थापनामुखी वृक्षरोपण आजको आवश्यकता

अङ्ग्रेजी क्यालेन्डरको  जून ५ तारिकको दिन विश्व वातावरण दिवस मनाउँदै गर्दा सामाजिक सञ्जालमा वृक्षरोपण गरेको फोटोहरू प्रशस्तै पोस्ट गरिए । यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा  अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू अघिल्लो  वर्ष रोपेको बिरुवा कस्तो भएछ त्यो देखाऊँ’। यो प्रत्युत्तरले हाम्रो वृक्षरोपण नतिजामुखी भन्दा वातावरणीय योगदानको मानक  बनेको  एक पवित्र  कर्मकाण्डको रूपमा मात्र  देखिएको छ भन्ने कुरा दर्साउँछ।