विश्व खाद्य दिवस २०२४ को अवसरमा खाद्यका लागि कृषि अभियानले विविध कार्यक्रम गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य दिवस मुल समारोह समितिको सहकार्यमा ललितपुरमा विविध कार्यक्रम आयोजना गरेको हो ।
हालै मधेसमा निम्तिएको पानी संकट चर्चाको शिखरमा छ। खासगरी धानखेती गर्ने यो समयमा नियमित मनसुनी वर्षा नभएका कारणले यो चर्चा चुलिएको हो। सरकारको मधेस विपद्को तीन महिने घोषणासँगै अब के गर्ने? भन्ने बहस बाक्लिँदै गएको छ। खासगरी यो बहस चुरे दोहन र बढ्दो जलवायु परिवर्तनले निम्त्याएको पानी–चक्रको अनिश्चयसँग जोडिएको छ। यो स्वाभाविक बहस हो। यस्ता बहस विगतमा पनि नभएका होइनन् तर यी बहस अन्त्यहीन र निष्कर्षविहीन बनेका छन्। यस पटक पनि त्यस्तै भयो भने अचम्म मान्नुपर्ने केही छैन।
खेतीपाती नाफाका लागि अन्नपात वा वस्तुभाउ उब्जाउने वा हुर्काउने कुरा मात्र होइन, यो मानवको पूर्णतातर्फको यात्रा हो। यी आधारभूत कुरामा बुझ पचाएर वा भ्रम पालेर यो यात्रा तय गर्न सकिँदैन।
हावा र पानीपछि खाना सबै प्राणीलाई नभई हुँदैन । खानाको बन्दोबस्त भने पृथ्वीको सतहको माटोमा हुन्छ । हाम्रो जीवनको एक मात्र आधार यस्तो माटो मर्ने क्रम तीव्र गतिमा भइरहेको छ । यो माटो मार्ने मुर्खता हामीले साम्राज्यवादीहरूबाटै नक्कल गरेका हौँ । आज प्रकृतिको चरम दोहनको कारक बनेको औद्योगिक क्रान्तिलाई आधुनिक मानव सभ्यताको कोशे ढुङ्गाको पछिल्लो मानक बनाएसँगै यो क्रम झनै तीव्र भएको छ । यो माटो मार्ने अरू कोही नभएर यही औद्योगिक क्रान्तिको जगमा टेकेर मुनाफाको खेती गर्ने दलाल बुर्जुवा वर्ग हुन् ।
हाम्रा विवेकपूर्ण साझा पहलले मात्र हाम्रो खेतीपाती र खानाको भविष्य सुरक्षित हुन्छ । यो मात्र हाम्रो आफ्नै र हाम्रा सन्ततिका लागि जीवन र जीवन्त माटो बचाउने अन्तिम उपाय हो ।
नीतिहरूकै मूल नीति राजनीतिको अकर्मन्यताले हाम्रो खानाको बन्दोबस्त दिनदिनै संकटग्रस्त हुँदै गएको छ । खासगरी, कृषिलाई आधुनिक बनाउने भन्दै गरिएको कृत्रिम रसायन विषादी र मृत बीउको प्रयोगले कृषि क्षेत्र विषाक्त र परनिर्भर हुँदै अहिले पलायनको डिलमा पुगेको छ । स्वस्थकर खानेकुरा उत्पादन र वितरणमा भइरहेको लापरबाहीले माटो र मानव स्वास्थ्यमा संकट थपिंदै गएको छ ।
अघिल्लो दिनसम्म गरिबी र अभाव के हो भन्ने सुइँको समेत नपाएका आममानिस बाहिरी सहायताको आसमा आफ्नै समुदायलाई धनी र गरिब, हुने र नहुनेका कित्तामा विभाजित गर्न उद्यत् छन् । आफैंलाई अविकसितको प्रमाणपत्र थमाउँदै गरिब र विपन्नताको असली दाबेदार बनाएर हीनताबोधको सिकार भइरहेका छन्।
दीर्घकालीन कृषि योजनाको अवधि सकिनै लाग्दा नेपाल सरकारका लागि एसियाली विकास बैंक नेतृत्वको १३ दातृ समूह सम्बन्धित ३४ जना परामर्शदाताहरूले १९ करोडको लागतमा ३ वर्ष लगाएर ९ वर्ष अगाडि कृषि विकास रणनीति तयार गरिदिएका थिए । चार वटा आयाम, ३५ क्षेत्र र २३२ वटा गतिविधिहरू समेटिएको यो रणनीति समग्रमा परम्परागत उच्च लगानीको व्यापारमुखी कृषि विकासको सोचमा तयार भएको छ । यो ढाँचा हाम्रो विशेषतामा दिगो र उत्पादनशील कृषि प्रवर्धन गर्न सक्षम थिएन र भएन पनि ।
नेपालमा परम्परागत सामन्ती भू–स्वामित्व र यसैमा आधारित श्रम व्यवस्थाभित्र पेशागत श्रमिकको भूमिकामा रहेका धेरै समुदायका मानिस संरचनागत भेदभावका कारण भूमिहीन छन् । खासगरी, बाली प्रथाभित्र रहेका दलित समुदाय ऐतिहासिक रूपमै भूमिहीन छन् । अन्य धेरै प्राकृतिक प्रकोप (बाढी, पहिरो), बेरोजगारी, आर्थिक विपन्नता, विस्थापन तथा चरम आर्थिक शोषणका कारण बेदखल हुन पुगेका सबै सुकुमवासीको दर्जामा पर्दछन् ।
Nepal’s conservation narratives revolve around two compelling stories of positive biodiversity trajectories. First one is the story of forest cover gain. As reported by national forest resource assessment, Nepal successfully increased its forest cover from 29 to 40 percent between 1990s and 2010. Likewise, a NASA funded study found that Nepal’s forest cover nearly doubled from 26 to 44 percent between 1992 and 2016.
प्राकृतिक वासस्थान विनाश र जैविक विविधता संकटको सन्दर्भमा सन् १९९२ मा प्रख्यात जीव वैज्ञानिक प्राध्यापक एडवार्ड विल्सनले आफ्नो पुस्तक ‘द डाइभर्सिटी अफ लाइफ’ मा प्रष्ट भनेका छन्– ‘जैविक विविधता नाश रोक्न पुनर्स्थापना एउटा महत्वपूर्ण साधन हो र अब आउने शताब्दी पर्यावरण विज्ञानमा पुनर्स्थापनाको युग हुनेछ ।’
अहिलेको मानव जातिको उत्पत्ति हुनुपूर्व मानव पुर्खाकै पालादेखि जंगलका खानेकुरा नै जीवनको मुख्य आधार थिए । अफ्रिकाबाट बाहिर निस्केको मानव प्रजातिले लामो समय फिरन्ते भएर बाँच्यो । लगभग १२ हजार वर्ष पहिले मानिसले मध्यपूर्वको एकठाउँमा बसेर खेती गर्न थाल्यो । आज मानिसले खेती गर्ने प्रजातिहरूको मूल खोज्दै जाने हो भने जंगलका प्रजातिमै गएर टुंगिन्छ । जात छनोट र सुधारको लामो प्रक्रिया मार्फत आजका बालीहरू विकसित भएका हुन् ।
2021 – 2030 marks the UN’s Decade for Ecosystem Restoration and worldwide countries have pledged to restore up to 1 billion hectares of land by 2030. Locally led restoration is key to achieving this ambition – driving ecological recovery while also strengthening climate resilience to ensure both people and nature can thrive.
बिगत ६ वर्षदेखि जलथल वनमा जैविक विविधताको अध्ययन गर्दै आइरहेको फरेस्ट एक्सन नेपालको टोलीले नेपालमै दुर्लभ मानिएको वनस्पति भोटे लहरा फेला पारेको हो । जलथल वनमा भएको अध्ययनले १५५ प्रजातिका रुखहरु अभिलेख भैसकेका छन् ।नेपालको कुल वनको ०१ प्रतिशत भूभाग ओगटेको यो वनमा नेपालका २५ प्रतिशत रुखहरु छन् भन्ने कुरा प्लियोने नामक जर्नलमा हालै प्रकाशित एक अध्ययनले प्रष्ट पारेको छ ।
जैविक विविधता संरक्षण र दिगो उपयोगमा यही मात्र उपयुक्त र श्रेष्ठ विधि भन्ने केही छैन । तर उपयोग र संरक्षणलाई कसरी एकाकार गराउन सकिन्छ भनेर मार्ग निर्दिष्ट गर्ने विज्ञान भने हामीसँग छ ।
अङ्ग्रेजी क्यालेन्डरको जून ५ तारिकको दिन विश्व वातावरण दिवस मनाउँदै गर्दा सामाजिक सञ्जालमा वृक्षरोपण गरेको फोटोहरू प्रशस्तै पोस्ट गरिए । यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू अघिल्लो वर्ष रोपेको बिरुवा कस्तो भएछ त्यो देखाऊँ’। यो प्रत्युत्तरले हाम्रो वृक्षरोपण नतिजामुखी भन्दा वातावरणीय योगदानको मानक बनेको एक पवित्र कर्मकाण्डको रूपमा मात्र देखिएको छ भन्ने कुरा दर्साउँछ।
खाद्यका लागि कृषि अभियानकाे आयाेजना र नेपाल सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालय खाद्य दिवस मुल समाराेह समितिकाे सहकार्यमा विश्व खाद्य दिवस २०२४ सम्पन्न भएकाे छ ।
खाद्यका लागि कृषि अभियानको आयोजनामा भएको कार्यक्रममा अभियानका संयोजक उद्धव अधिकारीले रसायन, विषादी रहित खेती प्रणालीको आवश्यकता महसुस गराउन यस्तो कार्यक्रम आयोजना गरेको बताए।
खाद्यका लागि कृषि अभियान पर्यावरण र प्रकृतिको बारेमा चासो राख्ने सम्पूर्णको साझा अभियान भएको बताउँदै उनले यस अभियानले साना सिमान्तकृत किसानको बारेमा, मानव स्वास्थ्यको बारेमा, पर्यावरण मैत्री खेती प्रणालीको बारेमा वकालत गर्दै आइरहेको बताए।
खाद्यका लागि कृषि अभियानले विषादीरहित कृषि प्रणाली र रैथाने खानाको प्रवर्द्धन गर्नु पर्नेमा जोड दिएको छ । विश्व खाद्य दिवस २०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विषादीरहित कृषि प्रणाली र रैथाने खानाको प्रवर्द्धन गर्नु पर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रसायन, विषादी रहित खेती प्रणालीको आवश्यकता महशुस गराउन कार्यक्रम आयोजना गरेको बताए । खाद्यका लागि कृषि अभियान पर्यावरण र प्रकृतिको बारेमा चासो राख्ने सम्पूर्णको साझा अभियान भएको उल्लेख गरे । उनले अभियानले साना सिमान्तकृत किसानको बारेमा, मानव स्वास्थ्यको बारेमा, पर्यावरणमैत्री खेती प्रणालीको बारेमा वकालत गर्दै आइरहेको तर्क राखे ।
वर्तमान कृषि विकास रणनीतिको अवधारणा नै कमजोर भएको भन्दै पुनर्लेखन अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् । आज मन्त्रालयमा कृषि विकास रणनीतिको समिक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा हालको रणनीतिप्रति असन्तुष्टि व्यक्त गर्दै सरोकारवालाहरूले पुनर्लेखनको माग गरेका हुन् ।
खाद्यका लागि कृषि अभियानका तर्फबाट डा.कृष्णप्रसाद पौडेलले वर्तमान रणनीतिको मूल अवधारणा नै कमजोर भएको भन्दै पुनर्लेखन अपरिहार्य रहेको धारणा राखे। उनले दातृ संस्थाको प्रभावमा निर्माण गरिएको रणनीति तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।
मन्त्रालयमा कृषि विकास रणनीतिको समीक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले सरकारले केही प्रमुख कदम उठाउने तयारी गरेको बताएका हुन् ।
मन्त्री अधिकारीले भने, “अहिले म मन्त्री बनेको बेलामा काम गर्न इच्छाशक्ति छ, तर कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ। बाली भित्राउन तीन चार महिना लाग्न सक्छ त्यसैले कृषिका नीतिका समस्या समाधान गर्न पनि समय लाग्ने कुरा स्पष्ट छ।”
