
On 20th December 2025, ForestAction Nepal celebrated its Silver Jubilee, marking 25 years of research and policy engagement in forests, agriculture and natural resource management. The Minister of Forests and Environment attended as the Chief Guest of the event along with other delegates from environment, agriculture, research, policy sectors and development partners.
The highlight of the celebration was the inauguration of ForestAction Nepal’s book consisting of 25 years of learnings and reflection in NRM and policy engagement. A critical panel discussion was held addressing the contemporary issues and practices of NRM and future strategies. The participants were also presented with displays of various publications. models of ecosystems and other engaging activities. The evening concluded with tasting of various local dishes, highlighting organic foods and farming.
Click here for ForestAction Nepal’s 25 Years in Action book
फरेष्टएक्सन नेपालले वन, कृषि तथा समग्र प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा अनुसन्धान र नीतिगत संलग्नतामा बिताएका गौरवमय २५ वर्षको अवसरमा रजत जयन्ती कार्यक्रम मिति २० डिसेम्बर २०२५ का दिन सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा संघीय वन तथा वातावरण मन्त्री, बागमती प्रदेश सभाका उपसभामुख, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व सांसद, पूर्व राजदूत, संघीय वन तथा कृषि मन्त्रालय अन्तर्गतका विभिन्न विभागका महानिर्देशकहरू, नेपाल, अमेरिका, बेलायत, अष्टे«लिया तथा क्यानडाका विश्वविद्यालय तथा अनुसन्धानमुलक संस्थाका प्राध्यापक, कुटनीतिज्ञ, तथा अनुसन्धान वैज्ञानिकहरू, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष तथा अन्य नागरिक समाज संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सामाजिक विषयवस्तुमा विशिष्टता हासिल गरेका शैक्षिक÷प्राज्ञिक व्यक्तित्वहरू, अनुसन्धानकर्ता तथा वरिष्ठ सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत सहभागीहरूबीच Evidence–based participatory action research, सामुदायिक वन तथा समग्र प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा भएका प्रयासहरू र भावी रणनीतिहरूका विषयमा गहन चिन्तन तथा आलोचनात्मक बहस गरिएको थियो। साथै, फरेष्टएक्सन नेपालको २५ वर्षे यात्राका सिकाइ र आत्ममन्थन समेटिएको पुस्तकको लोकार्पण, विभिन्न प्रकाशनहरूको प्रदर्शनी, प्राकृतिक स्रोत र कृषि प्रणालीका नमुनाहरूको अवलोकन, तथा जैविक खाद्य प्रवद्र्धनका लागि रैथाने परिकारको स्वादसहितको ‘रैथाने खाद्य साँझ’ कार्यक्रम आयोजना गरिएको थियो।
लोकार्पित पुस्तकबाट केही अंश– “हामीले परिकल्पना गरेका सबै लक्ष्य र उद्देश्यहरू पूर्ण रूपमा हासिल गर्न सकेका छैनौँ, न त सबै परियोजना तथा सरोकारवालाहरूका अपेक्षाहरू नै सम्पूर्ण रूपमा सम्बोधन गर्न सकेका छौँ। यद्यपि, हाम्रो इमानदार प्रयासमा कहिल्यै सम्झौता गरेका छैनौँ। अपेक्षित उपलब्धिहरूप्रति पूर्ण सन्तुष्टि नभए तापनि, संस्थागत रूपमा भएका सामूहिक प्रयास र संघर्षलाई खुलेर प्रशंसा गर्दै हामी गर्व महसुस गर्दछौँ।”
“संस्थाले अंगिकार गरेको सामूहिक र Horizontal नेतृत्व अभ्यासका कारण यस यात्राक्रममा फरेष्टएक्सन नेपालले नेतृत्व संकट बेहोर्नुपरेन। यस प्रक्रियाले युवावर्गलाई समेत नेतृत्वका लागि तयार पार्दै निरन्तर नेतृत्व विकास सम्भव बनाएको छ।”
“वर्तमान सन्दर्भमा प्रतिनिधित्व र जवाफदेहिताको संकटले नीति निर्माताहरू र नागरिकहरूबीच व्यापक अविश्वास र निराशा सिर्जना गरेको छ। यस्तो अवस्थामा नीति बहसमा आलोचनात्मक अनुसन्धान तथा बहु–सरोकारवाला प्रक्रियाको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ। परम्परागत नीति निर्माण प्रक्रियालाई विज्ञानसम्मत, प्रमाणमा आधारित र जनस्तरसँग जोड्ने विधिको विकासका लागि हाम्रा अनुसन्धान तथा सञ्चार रणनीतिहरूलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आवश्यक छ। यस अवधिमा हामीले सिकेका छौँ कि फरक रणनीतिहरू फरक सन्दर्भ र फरक नीति एजेन्डाका लागि उपयोगी हुन्छन्। यद्यपि केही रणनीतिहरू विशिष्ट सन्दर्भमा अरूभन्दा बढी प्राथमिकतामा पर्न सक्छन्, हामी कुनै पनि रणनीतिलाई पूर्ण रूपमा अस्वीकार गर्न सक्दैनौँ। जुनसुकै रणनीति अपनाइए पनि, बलियो अनुसन्धान पद्धतिमार्फत नयाँ प्रमाणहरू सिर्जना गर्नु र संस्थागत विश्वसनीयता कायम राख्नु फरेष्टएक्सन नेपालको प्रमुख प्रतिबद्धता रहँदै आएको छ।”
यहाँहरु सबैप्रति हार्दिक आभार।


